सर्वदलीय बैठक पहिले प्रधानमन्त्रीको, त्यसपछि राष्ट्रपतिको

सर्वदलीय बैठक पहिले प्रधानमन्त्रीको, त्यसपछि राष्ट्रपतिको

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । 

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले पर्सि बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपतिले सर्वदलीय बैठक डाक्नुभएको हो । 

संसद्को जारी गत्यावरोध अन्त्यका लागि राष्ट्रपति पौडेलले यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । आज साँझ उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गर्नुभएको छ ।  

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सर्वदलीय बैठक राख्नुभएको थियो । बिना निष्कर्ष टुंगिएको सो बैठक भोलि पनि बस्ने जनाइएको छ ।

टिप्पणीहरू