एकीकृत समाजवादीको व्यस्तताले मोर्चाको बैठक प्रभावित

एकीकृत समाजवादीको व्यस्तताले मोर्चाको बैठक प्रभावित

आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक स्थगित गरिएको छ । 

मोर्चाको एक घटक एकीकृत समाजवादी आन्तरिक बैठकमा व्यस्त रहेकाले मोर्चाको बैठक बस्न नसकेको हो । स्थगित बैठक अब भोलि बस्ने जनाइएको छ ।  

मोर्चाको बैठक बिहान साढे ७ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । सरकार सञ्चालन र मोर्चालाई व्यवस्थित तवरले अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।

आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो ।
 

टिप्पणीहरू