संसद खुलाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय पार्टीहरुको बैठक बस्दै

संसद खुलाउन प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय पार्टीहरुको बैठक बस्दै

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन पहल गर्दै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको छ । 

राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग आज मध्यान्ह प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो । बैठक साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने बताइएको छ । 

सुन तस्करीको छानविनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले साउन १० यताका सबै बैठक अवरुद्ध पार्दै आएको छ । अवरुद्ध संसद खुलाउन प्रधानमन्त्री, सभामुख र प्रमुख पार्टीका शीर्ष नेताहरुले पटक–पटक प्रयास गरे पनि सहमति जुट्न सकेको छैन । 

पछिल्लो पटक अस्ति शुक्रबार बिहान सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संसद खुलाउन पहल गरिदिन आग्रह गर्नुभएको थियो । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
 

टिप्पणीहरू