एकीकृत समाजवादी र समाजवादी मोर्चाको बैठक सँगसँगै

एकीकृत समाजवादी र समाजवादी मोर्चाको बैठक सँगसँगै

आज नेकपा एकीकृत समाजवादी र समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । एकीकृत समाजवादीको हिजो साँझ बसेको सचिवालय बैठकले आज र भोलि बिहान ११  बस्ने पोलिटब्युरो बैठकमा पेश गरिने एजेण्डा पारित गरेको जनाइएको छ ।

पर्सिदेखि तीन दिनसम्म केन्द्रीय कमिटीको बैठक राखिएको छ । उक्त बैठक बालकुमारीस्थित कान्तिपुर गार्डेनमा हुने बताइएको छ । 

आजै साँझ ६ बजे समाजवादी मोर्चाको बैठक बस्ने तयारी गरिएको पनि हिजोको सचिवालय बैठकमा जानकारी दिइएको थियो ।

टिप्पणीहरू