सदनको अवरोध खुलाउन सत्ता गठबन्धनले पहल गर्ने

सदनको अवरोध खुलाउन सत्ता गठबन्धनले पहल गर्ने

सत्तारुढ दलका शीर्ष नेताहरुले प्रमुख प्रतिपक्ष एमालेले गरिरहेको संसद अवरोध खुलाउनेबारे छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा संसदको गतिरोध खुलाउने विषयमा छलफल भएको हो । बैठकले प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संवादको प्रक्रियालाई तीब्रता दिने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । तर, सत्ता गठबन्धनले भने प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको यस प्रकरणको छानबिनका लागि अर्को छुट्टै समिति गठन गर्न उपयुक्त नहुने निर्णय गरिसकेको छ ।

टिप्पणीहरू