पार्टीको अवस्था बुझ्न भीम रावल च्यासलमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता डा. भीम रावलबीच भेटघाट भएको छ । उहाँहरुबीच ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भेटावार्ता भएको बताइएको छ ।
उहाँहरुबीच लामो समयको अन्तरालपछि भेटघाट भएको हो । छलफलमा पार्टीको पछिल्लो अवस्थाबारे कुराकानी भएको नेता रावलको भनाई छ ।
उनले भने, ‘पार्टीको धारणा, सोच, अवस्था के कस्तो छ ? भन्नेबारे कुराकानी भएको हो ।’
टिप्पणीहरू