बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालबीच एक घण्टा छलफल

बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालबीच एक घण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुले झन्डै एक घण्टा भेटघाट गर्नुभएको हो । प्रधानमन्त्री भेट्न पौने १ बजे बालुवाटार पुग्नुभएका अध्यक्ष नेपाल पौने २ को हाराहारीमा बाहिरिनुभएको थियो । 

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरुलाई पनि छानविन गर्न आदेश दिएसँगै शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । यस प्रकरणमा अध्यक्ष नेपाललाई पनि बोलाएर बयान लिने सीआइबीको तयारी छ । यसै विषयलाई लिएर बालुवाटारमा छलफल भएको बताइन्छ ।

टिप्पणीहरू