हितबहादुरले भने : मन्त्री नियुक्त भएको जानकारी छैन

हितबहादुरले भने : मन्त्री नियुक्त भएको जानकारी छैन

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हितबहादुर तामाङले आफ्नो पार्टीले मन्त्रीहरु हेरफेर गर्नेबारे निर्णय नगरेको बताएका छन् । 

सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्न थालेपछि फेसबुकबाट उनले पार्टीले त्यससम्बन्धी निर्णय गरेको आफूलाई जानकारी नभएको सूचना दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीलाई हटाएर तामाङलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन लागेको चर्चा बिहानैदेखि चलिरहेको छ । 

तर, नुवाकोट क्षेत्र नम्बर १ का सांसद तामाङले भनेका छन्, ‘नेकपा माओवादी केन्द्रको जिम्ममा रहेको संघीय सरकारका कुनैपनि मन्त्री हेरफेर गर्ने सम्बन्धी निर्णय भएको जानकारी प्राप्त भएको छैन ।’

जनमत पार्टीलाई सरकारमा सामेल गराउने मेसोमा प्रधानमन्त्री प्रचण्डले माओवादीका दुईजना मन्त्रीलाई फिर्ता बोलाउन लागेको चर्चा छ । पर्यटन मन्त्री किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको कार्यसम्पादनमा चित्त नबुझाउनुभएका प्रधानमन्त्री उक्त निर्णयमा पुगिसकेको र आजै नयाँ मन्त्रीको शपथ हुने भनिएको थियो । 

तर, अपरान्हसम्म त्यसबारे कुनै निर्णय नभएपछि सांसद तामाङको उक्त प्रतिक्रिया आएको हो ।

टिप्पणीहरू