एकीकृृत समाजवादीका वैकल्पिक नेता बालकोटमा
नेकपा एकीकृत समाजवादीका एक जना वैकल्पिक केन्द्रीय सदस्यले एमाले रोजेकी छन् । धादिङ्गकी शिक्षक नेत्री कमला तुलाधर आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेको बताइएको छ ।
गत साता उक्त पार्टीका सिन्धुपाल्चोक इञ्चार्ज तथा केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलगायतको समूह सदरमुकाम चौतारामा आयोजित कार्यक्रमपछि एमाले प्रवेश गरेको थियो । कमला एस उपमहासचिव गङ्गालाल तुलाधरकी बहिनी हुन् ।
टिप्पणीहरू