बालाजुमा झण्डै २ लाख नक्कली नोट फेला

बालाजुमा झण्डै २ लाख नक्कली नोट फेला
सुन्नुहोस्

प्रहरीले बालाजु नजिकैको तारकेश्वरबाट १८२ थान नक्कली नोट बरामद गरेको छ । विभिन्न जिल्लाका तीन जना भाडामा बसेको कोठाबाट एक हजार दरका ती नोट फेला परेको बताइएको छ ।

तारकेश्वर नगरपालिका ५, गोलढुङ्गा नगिनी खोला क्षेत्रको घरमा नक्कली नोट फेला परेको हो । हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्दै आएका खोटाङको दिचुप गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ घुरती गाउँपालिका २ का सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका १ का मदन दमाई नक्कली नोटसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइल, १० थान सिम कार्ड र बा.६५ प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको बताइएको छ । तीनै जनालाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

टिप्पणीहरू