टोखामा चुरोट, सुर्ती किनबेच गर्न नपाइने

टोखामा चुरोट, सुर्ती किनबेच गर्न नपाइने

काठमाडौंको टोखा नगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन तथा बिक्रीवितरण गरेमा कारबाही गर्ने भएको छ । 

नगरपालिकाले सूर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्थाबमोजिम नगरक्षेत्रभित्रका सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीका अनुसार सार्वजनिक स्थलबाट सय मिटर वरिपरिको क्षेत्रभित्र समेत सूर्तीजन्य पदार्थको सेवन तथा बिक्रीवितरणमा रोक लगाइएको छ । 

साथै, ऐनको प्रावधान निर्धारित सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवा तथा बिक्रीवितरण गरे-गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उनको चेतावनी छ ।

टिप्पणीहरू