प्रज्ञा भवन जानुअघि माओवादी नेताहरु बालुवाटारमा

प्रज्ञा भवन जानुअघि माओवादी नेताहरु बालुवाटारमा
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठक समापन गर्नुअघि बोलाएको बैठक अहिले बालुवाटारमा जारी छ । केन्द्रीय समिति बैठकमा उठेका विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखिएको हो । 

१७ साउनदेखि शुरु भएको माओवादी केन्द्रीय समिति बैठक आजै सक्ने तयारी छ । तर, आधाभन्दा बढी केन्द्रीय सदस्यहरुले बोल्न बाँकी रहेकाले बैठक लम्ब्याउने सम्भावना समेत रहेको बताइएको छ । 

यस सम्बन्धमा पदाधिकारी बैठकले निर्णय गर्ने छ ।

टिप्पणीहरू