नुवाकोटका कांग्रेसीले दियालोमा खीर खाने

नुवाकोटका कांग्रेसीले दियालोमा खीर खाने

नेपाली कांग्रेस नुवाकोटले साउन १५ गते पार्टी खीर खाने कार्यक्रम गर्न लागेको छ । 

नुवाकोट क्षेत्र नम्बर १ कार्यसमितिको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो । नेपालीहरुले परम्परागतरुपमा मनाउंदै आएको साउन १५ गते खीर खाने प्रचलनको अवसरमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

बसुन्धारास्थित दियालो फुडल्याण्डमा हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहने बताइएको छ । 

नेपाली समाजमा साउन १५ गते खीर खाने प्रचलन रही आएको छ ।
 

टिप्पणीहरू