भारतीय प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

भारतीय प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संसदको तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ताको तयारी गरिएको छ । विपक्षी गठबन्धनले प्रधानमन्त्रीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

मणिपुरमा भइरहेको जातिय हिंसाविरुद्ध प्रधानमन्त्रीले कुनै सम्बोधन नगरेपछि विपक्षीहरुले अविश्वास प्रस्तावको तयारी गरेका हुन् । उक्त हिंसाबारे संसदमा बहस गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको भनाई छ ।

संसदमा विपक्षी गठबन्धनको बहुमत नपुगे पनि प्रधानमन्त्री मोदीलाई संसदमा उपस्थित भएर बोल्न बाध्य बनाउने रणनीतिस्वरुप उनीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

मणिपुरमा भएको जातिय हिंसामा झण्डै डेढ सय जनाको ज्यान गएको छ । सयौं घाइते र हजारौं विस्थापित भइसकेका छन् । तीन महिनादेखि स्थानीय मैतेइ र कुकी आदिवासी समुदायबीच भड्किएको जातीय हिंसाका साथै दुई आदिवासी युवतीलाई निर्वस्त्र डुलाएपछि उक्त घटनाको सर्वत्र विरोध भएको छ ।

सरकारले झण्डै तीन महिनापछि हिजोेदेखि मणिपुरमा इन्टरनेट सेवा आंशिक रुपमा खुल्ला गरेको छ ।
 

टिप्पणीहरू