शहरको मध्यभागमा बिरालोको ‘क्याट टाउन’

शहरको मध्यभागमा बिरालोको ‘क्याट टाउन’

टर्कीमा बिरालो पारखीहरुलाई ध्यानमा राखेर शहरको मध्यभागमा सुविधा सम्पन्न बिरालो शहर अर्थात क्याट टाउन बनाइएको छ । टर्कीको कासेरी प्रान्तमा उक्त शहर निर्माण गरिएको बताइएको छ ।

बिरालोलाई खान, बस्न, घुम्न, खेल्न पर्याप्त स्थानसहित सुविधा सम्पन्नको शहर बनाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । बिरालोको निम्ति पाँच महिनाअघि बनाइएको शहर ६ सय वर्गमीटरमा फैलिएको छ ।

हरेक बिरालो निम्ति सुत्न र आराम गर्न छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको स्थानमा विभिन्न जातका बिरालो हेर्न सकिन्छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू