चीनका जंगलमा भेटियो साइबेरियन बाघ

चीनका जंगलमा भेटियो साइबेरियन बाघ

चीनका अन्य राज्यको तुलनामा निकै चिसो मानिने उत्तरपूर्वी भेगमा रहेको हेइलोङच्याङ प्रान्तको जंगलमा साइबेरियन बाघ फेला परेको छ । रुसको उत्तरी भेगका जंगलमा पाइने भएकाले ती बाघको नाम साइबेरियन राखिएको हो । रुसको चिसो उत्तरी भाग साइबेरिया हो । 

अहिले ती बाघ चीनको उत्तरपूर्वी राज्यका जंगलमा देखिन थालेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । ती बाघ दक्षिण र उत्तर दुबै कोरियाली जंगलमा प्रायः? देखिन्थे । 

२० वर्षअघिको एक अध्ययनमा साइबेरियन बाघको संख्या मुश्किलले चार सय रहेको बताइएको थियो । सन् २०१५ मा त्यो बढेर छ सय पुगेको थियो ।

यो प्रजातीका बाघ अमुर, मञ्चुरियन, कोरियन, उसुरियन नामले पनि प्रख्यात छ ।

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू