उच्च गतिको र पुरानो प्रविधिको रेल नजिकै देखिँदा...

उच्च गतिको र पुरानो प्रविधिको रेल नजिकै देखिँदा...

चीनमा जताततै अत्याधुनिक उच्च गतिका रेलमार्ग देख्न सकिन्छ । विगतका पूराना रेलमार्ग रेल पनि छोटो दूरीमा सञ्चालनमा छन् । कतिपय स्थानमा प्राविधिक रुपमा पूराना र नयाँ रेलमार्ग नजिकै भएर गएका छन् । 

त्यस्तो अवस्थामा उच्च गतिको रेलले गुड्दै गरेको पुरानो रेललाई क्यामराले कैद गर्न पनि गाह्रो हुने किसिमले उछिनेको दृश्य निकै रोमाञ्चक रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार उच्च गतिका रेलहरु प्रतिघण्टा तीन सय ८० किलोमीटरको स्पिडमा दौडन्छन् । चीनको क्वाङ्सी चुवाङ स्वायत्त प्रदेशमा खिचिएको यस्तै दृश्यको भिडियो हेरौं ।

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू