प्रमुख दलका शीर्ष नेताको बैठक सकियो, संसद बैठक पनि सर्यो

प्रमुख दलका शीर्ष नेताको बैठक सकियो, संसद बैठक पनि सर्यो

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजे बस्नेगरी सार्नुभएको हो । प्रधानमन्त्रीले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठक सार्न आग्रह गरेको उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

उनले भने, ‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ ।’ 

प्रधानमन्त्री प्रचण्डको हालैको एक अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संघीय संसदका दुवै सदनमा लगातार अवरोध गरिरहेका छन् । सदनको बैठकमा अवरोधका कारण मीटरब्याज सम्बन्धी विधेयक पारित नहुँदा दलहरुलाई संसद खुलाउन चौतर्फी दबाब बढेपछि शीर्ष नेताहरुले यसबारे छलफल गरेका थिए । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउनेबारे संवाद भएको थियो । त्यसलगत्तै प्रधानमन्त्रीले टेलिफोन गरेर सभामुखलाई बैठकको समय सार्न आग्रह गर्नुभएको हो ।

टिप्पणीहरू