लम्पीस्किन नियन्त्रण गर्न प्रत्येक स्थानीय तहलाई एक लाख

लम्पीस्किन नियन्त्रण गर्न प्रत्येक स्थानीय तहलाई एक लाख

सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि प्रत्येक स्थानीय तहलाई एक लाखका दरले रकम विनियोजन गरेको छ ।  

पशु सेवा विभागले एक सूचना प्रकाशित गर्दै लम्पीस्किन रोगको महामारी नियन्त्रण गर्न प्रत्येक स्थानीय तहलाई संघीय सशर्त अनुदानअन्तर्गत एक लाखका दरले रकम विनियोजन गरेको जानकारी दिएको हो । विभागले चालु आर्थिक वर्ष २०७९-८० का लागि स्थानीय तहमा भेटेरिनरी डाक्टर र प्राविधिकको व्यवस्थापनका लागि सो रकम विनियोजन गरेको जनाएको छ ।

शुरुमा कोशी प्रदेशमा देखिएको लम्पीस्किन रोग हालसम्म नेपालका ७६ जिल्लामा पुष्टि भइसकेको छ । यो रोगबाट अहिलेसम्म संक्रमित ६ लाख ८२ हजार ८० पशुवस्तुमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् । त्यस्तै, २५ हजार ४०८ पशु मरेको विभागले बताएको छ । विभागका अनुसार हाल दुई लाख २९ हजार ६०२ पशु लम्पीस्किन रोगबाट सक्रिय संक्रमित छन् ।

यो रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहहरुमा कार्यरत पशु स्वास्थ्यकर्मीहरु परिचालित रहेका छन् ।  साथै, प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ । 

खोप आपूर्तिको लागि आयात अनुमति प्रदान गरी हालसम्म ७ लाख ३७ हजार डोज खोप आयात भई सातवटै प्रदेशका विभिन्न जिल्लामा १ लाख ७२ हजार १२८ पशुहरुमा खोप कार्य सम्पन्न भएको विभागले जनाएको छ ।

टिप्पणीहरू