माधव श्रीलंका उडेपछि राजेन्द्र पाण्डे एसका कावा अध्यक्ष
श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औं स्थापना दिवस तथा दक्षिण एसियाली कम्युनिष्ट पार्टीका नेताहरुको बैठकमा भाग लिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोलम्बो प्रस्थान गर्नुभएको छ ।
नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्नका निम्ति उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक तोक्नुभएको छ । अध्यक्ष नेपाललाई बिदाई गर्न उपाध्यक्ष पाण्डे,प्रमेश हमाल,उपमहासचिव डा.गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य मेटमणि चौधरी, विभिन्न जनसंगठनका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

टिप्पणीहरू