प्रधानमन्त्रीका दुवै छोरी दुबईतिर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीहरु दुबई भ्रमणमा निस्केका छन् । माहिली छोरी तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र निजी सचिव तथा कान्छी छोरी गंगा दाहाल आज बिहान काठमाडौंबाट संयुक्त अरब इमिरेट्सको दुबई गएका हुन् ।
बिहान सवा ९ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ मा प्रधानमन्त्री पुत्रीहरु विदेश भ्रमणमा निस्केको बालुवाटार स्रोतले पुष्टि गरेको छ । रेणु र गंगासँगै गोकुल भण्डारी र रत्न भण्डारी पनि सँगै त्यता गएका छन् ।
टिप्पणीहरू