मुख्यमन्त्रीको भेलामा जानुभएका प्रधानमन्त्री गाउँ छिर्नुभयो

मुख्यमन्त्रीको भेलामा जानुभएका प्रधानमन्त्री गाउँ छिर्नुभयो

मुख्यमन्त्रीहरूको भेलालाई सम्बोधन गर्न पोखरा पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसपासका गाउँलेसँग अन्तरक्रिया गर्नुभएको छ ।

मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसमलगायत विषयमा जिज्ञासा राख्नुभएको बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गर्नुभएको थियो । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

स्थानीय जनतासँग अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्ड मुख्यमन्त्री भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरूले उठाएका विषयबारे सम्बोधन गर्नुहुने जनाइएको छ ।

टिप्पणीहरू