राष्ट्रपति अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति अस्पतालबाट ‘डिस्चार्ज’

अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ । राष्ट्रपति भवन नजिकैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिएको छ ।

उहाँलाई १३ दिनपछि अस्पतालले राष्ट्रपति भवन पठाएको छ । अस्पतालले पनि राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

अस्पतालले असार ३ गते उहाँको मुटु नजिकै पेस मेकर राखेको हो ।

टिप्पणीहरू