राष्ट्रपतिको मुटुमा पेस मेकर हालियो

राष्ट्रपतिको मुटुमा पेस मेकर हालियो

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । 

महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उहाँको मुटुको चाल कम देखिएपछि पेस मेकर राखिएको बताइएको छ ।   

अस्पतालले त्यसबारे जानकारी दिँदै भनेको छ ‘७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेलाबखत कम हुने देखिएकाले विशेषज्ञहरुको रायबमोजिम पेस मेकर राख्नुपर्ने देखिएकाले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ ।’ 

शनिबार राति अस्पताल भर्ना हुनुभएका पौडेलको आज मुटुको शल्यक्रिया गरिएको हो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अघिल्लो साता बाँसबारीस्थित गंगालाल अस्पतालमा उहाँको मुटुको बन्द भएको भल्भ खोलिएको थियो । त्यसअघि उहाँ निमोनियाको उपचारको निम्ति गत वैशाखमा नयाँ दिल्ली जानुभएको थियो ।

टिप्पणीहरू