एमालेसँग हतारमा एकता गरेकोमा प्रचण्डको पश्चाताप, समाजवादी मोर्चाबाट परिवर्तनको रक्षा गर्ने उद्धघोष

एमालेसँग हतारमा एकता गरेकोमा प्रचण्डको पश्चाताप, समाजवादी मोर्चाबाट परिवर्तनको रक्षा गर्ने उद्धघोष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको भएको एकता हतारमा भएकाले लामो समय टिकाउन नसकेको टिप्पणी गर्नुभएको छ । 

आज राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा सभालाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २०७५ सालमा भएको दुई पार्टीको एकता घोषणा सभालाई स्मरण गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो, 'राष्ट्रिय सभागृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा भएपनि त्यो पार्टी बचाउन सकिएन ।'

त्यसको समीक्षा गरेर अहिले लामो छलफलपछि मोर्चा गठन गरेको भन्दै उहाँले अगाडि भन्नुभयो, 'सायद त्यो एकता हत्तारोमा गरिएको थियो कि ? हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनु पर्थ्यो कि भन्ने लाग्छ !’ 

प्रधानमन्त्री प्रचण्डले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताउनुभयो । ‘हामी अहिले समाजवादी मोर्चामा रहँदा पनि सबै पार्टी स्वतन्त्र हैसियतमा हुन्छन्’, उहाँले भन्नुभयो ।

अहिले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा डटेर उभिने पनि प्रचण्डको भनाई छ ।

टिप्पणीहरू