व्यक्तिलाई हेरेर थपिँदै बर्दी

व्यक्तिलाई हेरेर थपिँदै बर्दी

शक्तिकेन्द्र रिझाउनेहरुका लागि सशस्त्र प्रहरीमा दरबन्दी थप्ने तयारी तीव्र छ । त्यहाँ सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआइजी, दुई डिआइजी, ६ एसएसपी थप्न लागिएको छ । 

किशोर प्रधानका लागि एआइजी र भानु देउवाका बहिनी ज्वाइँ दिपेन्द्र कुँवरको निम्ति यस्तो गर्न लागिएको हो । एसएसपीमा धूर्त खेलाडी मानिने विकास घिमिरेलाई बढुवा गर्न खोजिएको छ । उनी तिनै व्यक्ति हुन्, जसले रौतहटका गणपति धु्रव कार्कीले पाइसकेको वार्षिक पुरस्कार सिपाहीले गुट्खा मागेर खाएको पोल लगाइवरी खोसेर लिएका थिए ।

उनी हाल इन्टेलिजेन्सको उपप्रमुख छन् । अब बढुवा हुने एसएसपीहरुमा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, धु्रव कार्की, तीर्थ पौडेल, भरत खनियाँ, सूर्यसेन ओली, टोपबहादुर खनालसहितका छन् । १ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ ।

यसरी एसपीमा ५५ जनासम्मले फुली थप्न सक्छन् । सशस्त्र मुख्यालयको एउटै कोठामा तीन जनासम्म एसपीहरु बसिरहेका छन् । कार्य, सीमा सुरक्षा, मानवस्रोततिर छिर्दा त्यस्तो देखिन्छ । नेपाल प्रहरीको तराईतिर बढीमा दुई डिएसपी हुन्छन् । सशस्त्रका भने पाँच–सात जना डिएसपी त्यतै छन् । पर्वत, तनहुँ, इलाम, काभ्रेतिर फेरि राशन खानका निम्ति बिदा छाड्न थालियो भन्ने गुनासो बढ्दो छ । 

कर्णाली, मधेश, बाग्मतीसहित तीन जना बाहिनीपति सुदूरपश्चिमका छन् । आर्थिक प्रशासनमा दिपेन्द्र कुँवर छन् । त्यस्तै, आकर्षक ठाउँमा गणेश मल्ल, उमाकान्त जोशी, सन्तोष चन्द छन् भने स्कूलमा सुदूरपश्चिमेसँग विवाह गरेकी महिला छन् । विपद व्यवस्थापनका पूर्ण साउद र नीलबाराही गणका उद्धव रावल पनि उतैका हुन् ।
 

टिप्पणीहरू