एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी, शतक बनाउन एक रनले चुके कुशल

एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी, शतक बनाउन एक रनले चुके कुशल

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ओपनिङ साझेदारी गरेका छन् । 

जिम्बावेस्थित हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि १ सय ५५ रनको साझेदारी गरेको हो । कुशल ९९ रनमा आउट भएका छन् । जिम्बावेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा आउट गरेका हुन् ।

यो समाचार तयार पर्दासम्म ३३ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा नेपालले १७३ रन जोडेको छ । अहिले क्रिजमा आसिफ र कुशल मल्ल छन् ।

टिप्पणीहरू