ग्रेटवाल : जहाँबाट हेरे पनि मनमोहक

ग्रेटवाल : जहाँबाट हेरे पनि मनमोहक

चीनको लामो पर्खाल (ग्रेटवाल) विश्वका सात आश्चर्यजनक निर्माणमध्येको एक हो । यसलाई चन्द्रमाबाट देखिने पृथ्वीको एक मात्र मानव निर्मित पूर्वाधार भनिएको छ । 

प्राचीनकालमा चीनका विभिन्न साना विभाजित राज्यले सुरक्षाको निम्ति भीमकाय पर्खालको निर्माण गरेका हुन् । १४ सय वर्ष अगाडि निर्माण गरिएको ग्रेटवालको लम्बाई २१ हजार १९६ किलोमीटर लामो छ । 

राजधानी बेइजिङ नजिकैको ग्रेटवालमा विश्वका धेरै पर्यटक र पाहुनाहरु पुग्ने गरेका छन् । पातालिङसम्म पुग्न राजधानीबाट ८० किलोमीटर उत्तरतर्फ सडक यात्रा गर्नुपर्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाले हालै सार्वजनिक गरेको भिडियो पनि ग्रेटवालकै हो । तर यो राजधानी बेइजिङदेखि उत्तरपूर्वको थिएनचीनस्थित ह्वाङयाक्वान क्षेत्रको हो ।

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू