कोरियाबाट नेपालले के ल्यायो कोशेली ?

कोरियाबाट नेपालले के ल्यायो कोशेली ? देश दुनियाँमा जेसुकै होस् आफ्नै सँसार हाम्रो, खाइखेली दिन बिताउनु सबैभन्दा राम्रो । स्कुल जाने, पढने-लेख्ने, ज्ञानी गुनी बन्ने, असल नानी-बाबुलाई कसले अर्थाेक भन्ने ?

दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेको छ । सामान्यता मासिक डेढ लाखदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने भएकाले नेपालीमा त्यताको आकर्षण देखिएको हो । सन् २००७ मा दुई मुलुकबीच श्रम सम्झौता भएदेखि नेपाली कामदारहरू कोरिया जान थालेका हुन् । कोरिया जाने महिलाको संख्या पनि उत्तिकै छ । इपिएस शाखाका अनुसार ४० हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । कृषि तथा पशुपालन, उत्पादनलगायत क्षेत्रमा नेपाली कामदार खटिएका छन् । 

कोरिया त्यस्तो मुलुक हो, जहाँ सीपलाई प्राथमिकतामा राखिन्छ । हाल त्यहाँको प्रतिव्यक्ति आय बर्सेनि ३४ हजार डलर पुगेको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा गत जेठ १२ देखि १९ गतेसम्म (तद्नुसार मे २६ देखि जुन २, २०२३) सम्म सञ्चालित भएको कार्यक्रमले अनुभव आदान–प्रदान, क्षमता विकासलगायत क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने आँकलन छ । कार्यक्रममा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसहित सहसचिव उमाकान्त आचार्य, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, दक्षिण कोरियाका लागि श्रम काउन्सिलर चन्द्रकला वली चौलागाईं, उपसचिव दीपेन्द्र पौडेल, इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटुवाललगायत सहभागी थिए । 

इपिएस प्रणालीबाट दक्षिण कोरिया पुगेर फर्किएका नेपाली कामदारलाई दिगो पुनःस्थापनासम्बन्धी परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि अनुभव आदानप्रदान, क्षमता विकास, इपिएस प्रणाली र दुई देशबीच भएको श्रम सम्झौतालगायतका विषयमा केन्द्रित रहेर छलफल भएको टोलीमा संलग्न एक पदाधिकारीले बताए । 

कोरियाको मानव स्रोत व्यवस्थापन सेवाका उपप्रमुख किम सङ–जे, ग्लोबल ईन्स्टिच्युट फर ट्रान्सफरिङ स्किल्स (गिफ्टस्) का कार्यकारी निर्देशक लिबुङ बुक र निर्देशक एएचएन ह्युमिनसँग पनि नेपाली प्रतिनिधिमण्डलको वार्तालाप भएको थियो । यो वर्ष नौ हजार कोटा भएकोमा ६ हजार बढाएर १५ हजार पु¥याइएको छ । 

‘प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणभन्दा यो भ्रमण उपलब्धिमूलक भयोजस्तो लाग्छ । कोरियाले नेपालीलाई खुब माया गर्ने रहेछ । उसले नेपालीलाई सपोर्ट गर्ने चाहना देखाएको छ । हामीले सीपयुक्त जनशक्ति तयार पार्नका निम्ति तालिम केन्द्रबीच सम्झौता गर्नुपर्ने प्रस्ताव राखेका छौं’, उनले भने, ‘कोरिया त्यसमा सकारात्मक देखिएको छ । हाम्रो मान्छे त्यहाँ गएर सिक्छन्, त्यहाँको मान्छे यहाँ आएर सिकाउँछन् । नेपाल सरकारको सीप विकासमा लगानी गर्ने नीति छैन । यसले पनि धेरै सहयोग गर्ने अपेक्षा राखेका छौं ।’

कोरियाले सन् २०३० मा ‘बुसान एक्स्पो’ गर्दै छ । त्यसमा नेपालले सहयोग गरेमा थप कामदार पठाउन सकिने स्रोतको दाबी छ । यता, कोरियाले नेपाल प्रहरीलाई पनि सपोर्ट गर्दै आएको छ । नेपालमा साइबर ब्यूरो खडा गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, कोरियाका जासुस उपप्रमुख किम हावोन अघिल्लो महिना नेपाल आएका थिए । साथै, कोरियाबाट फर्किएकालाई सीप सिकाउनका निम्ति ८८ करोड रूपैयाँ सहयोग गर्ने विषयमा पनि सम्झौता भएको छ । 

कोरियामा सिकेको सीप नेपालमा प्रयोग गर्दै नेपाली 

कोरिया गएर नेपाल फर्किएकाहरूले त्यहाँ सिकेको सीप यहाँ प्रयोग गरिरहेको पाइन्छ । उनीहरू नेपालमै सानातिना व्यवसाय सञ्चालन गरेर बसेका छन् । कृषि र उत्पादकीय क्षेत्रमा उनीहरूको सीपको प्रयोग गर्न पाइएमा मुलुकले यी क्षेत्रमा धेरै फड्को मार्ने देखिन्छ । 

एउटा नेपाली कम्तीमा पनि १० वर्ष कोरिया बस्छ । त्यहाँ बस्दा मासिक साँढे दुई लाख रूपैयाँसम्म कमाउने गरेको छ । एक दशक बस्दा तीन करोड रूपैयाँसम्म आम्दानी गर्छ । त्यो लगानी नेपाल भित्र्याएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्छ । कतिपयले अहिले मुलुकमै कोरियन रेष्टुरेण्ट, होटल, कफी सपलगायत व्यवसाय गरिरहेका छन् ।
 

टिप्पणीहरू