माओवादीमाथिको प्रहार रोक्न जनमुक्ति सेनाको मार्च

माओवादीमाथिको प्रहार रोक्न जनमुक्ति सेनाको मार्च

तत्कालीन माओवादीले बनाएको जनमुक्ति सेना पार्टीले शान्ति प्रक्रिया रोजेपछि विघटन भयो । केहीले नेपाली सेनामा समायोजन रोजे, केही अयोग्य भएर घर फर्किए । तिनै पूर्वजनमुक्तिसेना जनयुद्धको आधार क्षेत्र मानिएको रुकुममा संगठित हुन थालेका छन् । 

हाल सरकारको नेतृत्व गरेको आफ्नै पार्टीविरुद्ध विभिन्न प्रहार भएको भन्दै उनीहरूले  संगठित भएको बताएका छन् । हालै जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पूर्व जनमुक्ति सेनाहरू एक भेला आयोजना गरेर जिल्ला कमिटी बनाएका छन् । पूर्व जनमुक्ति सेना नेपाल रुकुम पश्चिमको संयोजक बनेका बाँफिकोट गाउँपालिका २ पिपलका कलबहादुर नाथ ‘महान्’ले पार्टीविरुद्धको प्रहार असैह्य हुने बताए ।

जिल्ला भेलाले चौरजहारी नगरपालिकाकी सपना बिष्ट कार्कीलाई सहसंयोजक बनाएको छ भने सदस्यहरूमा सानीभेरीका कर्णबहादुर नकाल, खगेन्द्र बाठा र बिष्णु कुमार पुन, बाँफिकोट गाउँपालिकाका सौरभकुमार केसी र धनबहादुर खत्री, आठबिसकोट नगरपालिकाका धञ्जे कामी र देउसरा पुन छन् । त्यसैगरी त्रिवेणी गाउँपालिकाका शेरबहादुर राना र मोहनकिशोर ओली, मुसिकोट नगरपालिकाका नवीन ओली र बिनिता सेर्पालीलाई पनि टिममा राखिएको छ । 

जिल्ला समितिले पालिकास्तरिय समिति बनाउने र त्यसलगत्तै बृहत जिल्ला भेला गर्ने भनेको छ । संयोजक महानले करिब पाँच सय जना पूर्वजनमुक्ति सेनाको भेलाले तत्कालको लागि जिल्ला संयोजन समिति बनाएको र जिल्लाभर  पन्ध्र सय पूर्व जनमुक्ति सेना रहेको बताए । 
 

टिप्पणीहरू