अंशको विवादमा वयोबृद्ध बाबुलाई छोराले कुटेर मारे

अंशको विवादमा वयोबृद्ध बाबुलाई छोराले कुटेर मारे

अंशबण्डाको विषयमा विवाद हुँदा इलामका एक पुरुषले आफ्नै बृद्ध बाबुको हत्या गरेका छन् ।

७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टीका ३२ वर्षीय छोरा दीपक कुमाललाई आज बिहान प्रहरीले समातेको छ । गत ज्येष्ठ ८ गते अंशबण्डाको विषयमा विवाद भई दिपकले बुबा लोकबहादुरमाथि कुटपिट गर्दा उनी गम्भिर भएका थिए । 

तत्कालै उपचारका निम्ति बिर्तासिटी अस्पताल पुर्याइएकोमा लोकबहादुरको आज बिहान निधन भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दिपकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू