नक्कली भुटानी शरणार्थी गिरोहका अर्का एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी गिरोहका अर्का एक जना पक्राउ

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पुर्याउने प्रलोभनमा करोडौं उठाउँदै हिँडेको गिरोहका अर्का एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट हरिभक्त महर्जनलाई पक्राउ गरिएको बताइएको छ । 

आरोपित ३० जनामध्ये यसअघि १६ जना पक्राउ परिसकेका छन् । बाँकी १४ मध्ये आज हरिभक्तलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री राबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणर्थी नेता तथा अधिकारवादी टेकनाथ रिजाललगायत ३० जनामाथि राज्यविरुद्धको अपराध, संगठित ठगीलगायत आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । गत सातादेखि अदालतले पक्राउ परेका आरोपितहरुसँग बयान लिइरहेको छ ।

टिप्पणीहरू