चिनियाँ नागरिकको पैसा चोरेर क्यासिनो छिरेका भारतीय जुवा खेल्दाखेल्दै पक्राउ

चिनियाँ नागरिकको पैसा चोरेर क्यासिनो छिरेका भारतीय जुवा खेल्दाखेल्दै पक्राउ

नेपालमा रहेका चिनियाँ नागरिकको पैसा चोरेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । 

भारतको पटना घर भएका २८ वर्षीय सरिव खान चोरी अभियोगमा समातिएका हुन् । प्रहरीका अनुसार उनी लैनचौरस्थित वाल्डो क्यासिनोमा गएराति चिनियाँ नागरिकको तीन लाख नेपाली रुपैयाँ चोरी गरी फरार भएका थिए । 

उनलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले गएराति नै दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्रेको हो । 

पक्राउ परेका उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू