कुले र गोरेको घरमा आगो लाग्दा लाखौँको सम्पत्ति खरानी

कुले र गोरेको घरमा आगो लाग्दा लाखौँको सम्पत्ति खरानी

बाजुराको गौमुलमा आगलागी हुँदा पाँच लाख मूल्य बराबरको धनमाल जलेर भष्म भएको छ । 

गौमुल गाउँपालिका–६ टुनीका कुले लुहार र गोरे लुहारको कच्ची घरमा आगो लाग्दा उक्त क्षति भएको हो । 

आज बिहान विद्युत सर्ट भई सल्किएको आगोले घर, अन्नपात, लत्ताकपडा, कागजपत्र र नगद ९० हजार रुपैयाँ जलेर भष्म भएको प्रहरीले बताएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइसकेको जानकारी दिदैं प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू