सरकारले चलचित्र उद्योग ध्वस्त पार्न लागेको भन्दै विरोध, अध्यक्ष मर्माहत

सरकारले चलचित्र उद्योग ध्वस्त पार्न लागेको भन्दै विरोध, अध्यक्ष मर्माहत

नेपाल चलचित्र निर्माता संघले चलचित्र उद्योगलाई नै धरायसी बनाउने गरी सरकारले विदेशी चलचित्रको पक्षमा नीतिगत निर्णय गरेको आरोप लगाएको छ । 

आर्थिक वर्ष २०८०-८१ को बजेटमा सरकारले राष्ट्रिय चलचित्र उद्योगलाई दोस्रो दर्जामा राखेर विभेद गरेको भन्दै संघले यस्तो आरोप लगाएको हो । अध्यक्ष नवल खड्काले आज विज्ञप्ति जारी गर्दै सरकारद्धारा विदेशी फिल्मको पक्षमा गरिएको नीतिगत निर्णयले आफूहरु  मर्माहत भएको बताएका छन् । 

उनले विदेशबाट पैठारी हुने फिल्ममा एक प्रतिशत भन्सार शुल्क लगाउने व्यवस्थाले विदेशी फिल्मलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय चलचित्र उद्योगलाई हतोत्साहित गर्ने उद्देश्य लुकेको दाबी गरे । 

त्यस्तै, फिल्म पैठारी गरेबापतको शुल्क बढाउन चलचित्र विकास बोर्डलाई आग्रह गरेपनि सरकारको बेवास्ता गरेको खड्काको गुनासो छ । यसले थुप्रै प्रश्न र आशंका उब्जिएको संघले जनाएको छ । 

बजेटको रायसुझाव माग्ने क्रममा चलचित्र निर्माता संघलाई बेवस्ता गरिएको उल्लेख गर्दै सरकारको यस्तो निर्णय नेपाली चलचित्र उद्योगलाई जरैदेखि उखेल्ने रणनीतिको प्रारम्भको रुपमा बुझ्रन आफूहरु बाध्य भएको खड्काको विज्ञप्तिमा जनाइएको छ । 

साथै, विदेशी सिनेमाको प्रवद्र्धन गर्ने बजेट वक्तव्यको घोर विरोध गर्दै संघले नेपाली चलचित्रलाई यथोचित सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू