प्रधानमन्त्री भारत जाँदा पेट्रोलियम सम्झौता हुने

प्रधानमन्त्री भारत जाँदा पेट्रोलियम सम्झौता हुने

सरकारले छिमेकी राष्ट्र भारतसँग पेट्रोलियम पाइपलाइन सम्झौता गर्ने भएको छ । 

आज बसेको क्याबिनेट बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका दौरान उक्त सम्झौता गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार नेपालले इन्धन टर्मिनल ट्याङ्की वीरगञ्जबाट चितवनका लोथर भण्डारामा बनाउने र उतातिर सिलगुढी चारआलीसम्म भारतले बनाउने निर्णय भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसै महिनाको १७ गते भारत भ्रमणमा जाने बताइए पनि दुबैतर्फबाट औपचारिक घोषणा भने भएको छैन ।

टिप्पणीहरू