‘र’ का उपप्रमुखले छाडे नेपालको राजधानी

‘र’ का उपप्रमुखले छाडे नेपालको राजधानी

भारतीय खुफिया एजेन्सी ‘र’ को टोली हिजो जनकपुर हुँदै दिल्ली फर्केको छ । दुई वटा सवारी सधानमा धुलिखेल,सिन्धुली, बर्दिबास हुँदै टोली जनकपुर गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,बनेपाले  जनाएको छ ।

उपप्रमुख श्रीधर रावसहित तीन जनाको टोली एउटा गाडी र अन्य दुई जना अर्को गाडीमा गएका हुन् । होटल मेरियटमा बसेको उक्त टोली दिउँसो साढे ११ बजे जनकपुरतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ ।

हिजै नेपाल भ्रमणमा रहेको भारतीय अर्को टोली नयाँ दिल्लीतर्फ गएको छ । पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय काँग्रेसका नेता सुवोधकान्त सहायसहित दुई जनाको टोली दिउँसो साढे २ बजे विमानबाट नयाँ दिल्ली प्रस्थान गरेको हो ।
 

टिप्पणीहरू