काठमाडौंमा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’

काठमाडौंमा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’

काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पताल नजिकै ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को उद्घाटन भएको छ । बाँसबारी क्लबमा आयोजित कार्यक्रममा सहभागी सबैले पाकिस्तान सरकारले  निर्माण गरिदिएको पार्कलाई खुल्ला जिमखानाको उपमा दिएका छन् ।

पार्क उद्घाटनपछि राजदूत अब्रार एच. हाश्मीले ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ निर्माणमा काठमाडौं सिटी र एचआरएस एडभेन्चर लिमिटेडसँगको सहकार्यको प्रशंसा गर्नुभएको छ । उक्त पार्क दुई राष्ट्रबीचको स्थायी मित्रताको प्रतीक रहेको उल्लेख गर्दै राजदूतले पाकिस्तानी र नेपाली जनताबीच रहेको बलियो सम्बन्धलाई यसले अझ झल्काउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुले पनि नेपाली जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनीहरुले पार्कले दुई मुलुकका जनताबीचको मित्रतालाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएका हुन् । 

समारोहमा काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापा, काठमाडौं लायन्स क्लबका अध्यक्ष अनन्त भेटवाल, नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, जिल्ला अध्यक्ष सन्तोष बुढाथोकीलगायत समन्वय समितिहरुको उपस्थिति थियो ।

टिप्पणीहरू