लुम्बिनीको बजेट अधिवेशन १२ जेठमा

लुम्बिनीको बजेट अधिवेशन १२ जेठमा

लुम्बिनी प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आगामी जेठ १२ गतेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते दिँउसो १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा अधिवेशन हुने जनाएको छ । 

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०८० साल जेठ १२ गते शुक्रबार दिनको १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ’, जारी सूचनामा उल्लेख छ । 

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को हिजोको बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

टिप्पणीहरू