तत्काल छात्रवृत्ति प्रदान नगरे विद्यालयलाई कारवाहीको चेतावनी

तत्काल छात्रवृत्ति प्रदान नगरे विद्यालयलाई कारवाहीको चेतावनी

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरुले जेठ १५ गतेभित्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्नुपर्ने भएको छ । महानगरपालिकाले उक्त दिनभित्र छात्रवृत्ति वितरण गर्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

महानगरपालिकाको शिक्षा विभागले शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिम छात्रवृत्ति छनोट समितिबाट निर्णय गराएर छात्रवृत्ति वितरण गर्न सूचित गराएको हो ।

कम्तिमा १० प्रतिशत विद्यार्थीलाई छात्रृवत्ति प्रदान गरी महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेवसाइटमा प्रकाशन गर्नुपर्नेछ । 

जेठ १६ गते कार्यालय समयभित्र छात्रवृत्ति वितरण गरेको जानकारी विभागको इमेलमा पठाउनुपर्ने छ । वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई सहयोग तथा अनुगमन गर्न अनुरोध गर्दै विभागले तोकिएको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।

टिप्पणीहरू