टापु राष्ट्रहरुमा अस्पतालदेखि योगा सेन्टरसम्म बनाइदिने भारतीय प्रधानमन्त्रीको उद्घोष

टापु राष्ट्रहरुमा अस्पतालदेखि योगा सेन्टरसम्म बनाइदिने भारतीय प्रधानमन्त्रीको उद्घोष

भारतीय प्रधानमन्त्री प्रशान्त महासागरमा रहेको टापु राष्ट्र पपुवा न्यु गिनी पुगेका छन् । उनी जापानको हिरोसिमामा आयोजित जी ७ बैठकमा सहभागी भएपछि हिजो त्यहाँ पुगेका हुन् ।

राजधानी पोट मोर्सबीमा आयोजित भारत–प्रशान्त टापु राष्ट्रहरुबीचको सहयोग सम्मेलनलाई सम्बोधन गर्दै १२ बुँदे सहयोगका क्षेत्रको घोषणा गरेको बताइन्छ । जसमा भारतले फिजीमा एक सय सैयाको क्षेत्रीय अस्पताल बनाइदिनेछ । 

त्यस्तै पपुवा न्यु गिनीमा क्षेत्रीय सूचना प्रविधि तथा साइबर सेक्युरिटी तालिम केन्द्र र आगामी पाँच वर्षसम्म एक सय छात्रवृत्ति उपलब्ध गराइने जानकारी पनि दिएका छन् । 

उनले टापु राष्ट्रहरुलाई सामुद्रिक एम्बुलेन्स, डायलाइसिस केन्द्रको स्थापना, इमर्जेन्सी हेल्पलाइन नम्बर र औषधि केन्द्रको स्थापनाका साथै योगा केन्द्रहरुको निम्ति भारतीय सहयोग उपलब्ध हुने बताएका छन् ।

टिप्पणीहरू