पति भेट्न हिरासत पुगिन् मञ्जु

पति भेट्न हिरासत पुगिन् मञ्जु

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेकी छन् । 

आज बिहान टेकुस्थित परिसरमा उनले श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु यसअघि गएकी थिइनन् ।

काँग्रेस सांसदसमेत रहेकी मञ्जुमाथि पनि नक्कली शरणार्थी प्रकरणमा करोडौँ पैसा खाएको आरोप छ । उनलाई घरमै लगेर ६ करोड बुझाएको गिरोहका  सदस्यहरुको टेलिफोन संवाद सार्वजनिक भएपछि सम्पर्कबिहीन भएकी मञ्जु आज पहिलोपटक श्रीमान् भेट्न प्रहरीमा पुगेकी हुन् ।
 

टिप्पणीहरू