रास्वपाको नीति : माछो देखे दुलोभित्र हात,भ्यागुतोमा बाहिर हात

रास्वपाको नीति : माछो देखे दुलोभित्र हात,भ्यागुतोमा बाहिर हात

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दोहोरो चरित्र देखाएको छ । कृषि विज्ञ भनिए पनि सँधै छाडा र अश्लिल शब्द प्रयोग गर्दै आएका उक्त पार्टीका नेता मदन राई यौन दुर्व्यवहारमा पक्राउ परेपछि रास्वपाले स्पष्टीकरण दिएको छ । 

कृषि विज्ञ भनिएका मदन राईको सम्बन्धमा उठेका प्रश्न र प्रतिक्रियाहरुप्रति रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीसँग पार्टीको कुनै सम्बन्ध नभएको उल्लेख गरेको छ ।

‘हाम्रो पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालिन अवस्थामा अस्वभाविक थिएन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँदछौँ ।’ 

राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय रहेको र कानुनबमोजिम कारबाही हुनुपर्ने रविको पार्टीले जनाएको छ । राईलाई प्रहरीले हिजो खोटाङबाट नियन्त्रणमा लिएको छ ।

खोटाङको शुभद्रा मदन (शुभम) फाउण्डेसनका सञ्चालक मदनले फाउन्डेसनको आश्रयस्थलमा बसेका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि पक्राउ परिएको प्रहरीको भनाइ छ ।

राईलाई पक्राउ गरेपछि एक जना पीडित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । फाउण्डेसनमा दुई सय जना विद्यार्थी छन् ।

 
राईले वर्षौंदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाडा शब्द प्रयोग गर्दै आएका थिए । उनैलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गत भदौ ११ गते आयोजना गरेको उपत्यका भेलामा अतिथिको रुपमा प्रस्तुत गरेको थियो ।

टिप्पणीहरू