काँग्रेसको बैठकअघि सभापति देउवा बालुवाटारमा,लगत्तै सुवास नेम्वाङको प्रवेश

काँग्रेसको बैठकअघि सभापति देउवा बालुवाटारमा,लगत्तै सुवास नेम्वाङको प्रवेश

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उहाँहरुबीच हिजो अपरान्ह सिंहदरबार र आज बिहान बालुवाटारमा भेटघाट भएको हो ।

उक्त प्रकरणमा देउवाकी श्रीमती आरजु र खाँणकी श्रीमती मञ्जुसमेत मुछिएका छन् । आजै दिउँसो काँग्रेसले खाँणबारे निर्णय गर्न पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले उपाध्यक्ष सुवास नेम्वाङ पनि बालुवाटार पुग्नुभएको छ । त्यहाँबाट देउवा बाहिरिएपछि नेम्वाङ छिर्नुभएको हो । 

उक्त प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि हिजो निलम्बन गरिएको छ । आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
 

टिप्पणीहरू