सिंहदरबार सामुन्ने शरणार्थी काण्डका सबैलाई कारबाहीको माग

सिंहदरबार सामुन्ने शरणार्थी काण्डका सबैलाई कारबाहीको माग

बृहत नागरिक आन्दोलनले राजधानीको भद्रकालीमा विरोध प्रदर्शन गरेको छ । भ्रष्टाचार र संगठित अपराधविरुद्ध बृहत आन्दोलन गरिएको बताइएको छ । प्रदर्शनमा सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा मुछिएकालाई कडा कारबाहीको माग गरिएको छ । 

‘भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत नागरिक आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ’, लेखिएको ब्यानरसहित सडकमा उत्रिएका आन्दोलनकारीहरुले राजनीतिक दलका नेताहरुको चर्को विरोध गरिरहेका छन् । 

उनीहरुले ‘कति गर्छौ भ्रष्टाचार, भ्रष्टाचारी खबरदार’, ‘खोइ कर ? भ्रष्टाचारीको पेटमा’, ‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्,’ ‘भ्रष्टाचारीका दश हात तिनीहरुलाई नै नेताको साथ’, ‘नेतालाई सँधै मोजमस्ती जनतालाई सँधै सास्ती’, लगायत नारा लगाएका छन् ।

टिप्पणीहरू