पार्टीले कारबाही थालेपछि आत्मसमर्पण गर्दै टोपबहादुर

पार्टीले कारबाही थालेपछि आत्मसमर्पण गर्दै टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका एमाले सचिव पदबाट भर्खरै निलम्बनमा परेका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् । 

पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेकाले अस्पतालमा उपचार गराइरहेको बताएका छन् । मोबाइल अफ गरेर उपचारका लागि अस्पताल गएका रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्तिसमेत जनाएका छन् । 

आफूमाथि लागेको आरोप निराधार सावित गर्न आज साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्ने उनले जनाएका छन् । एमालेले केहीबेर अघि रायमाझीलाई निलम्बनको कारबाही गरेको जानकारी गराएको छ ।

यसैबीच रायमाझीले आफु बिरामी भएको विवरण उल्लेख गर्दै संसद सचिवालयमा दिउँसो २ बजे पत्र पठाएका हुन् ।

टिप्पणीहरू