एमालेले सचिवालय बैठक बोलायो,फरार सचिव जालान् कि नजालान् ?

एमालेले सचिवालय बैठक बोलायो,फरार सचिव जालान् कि नजालान् ?

नेकपा एमालेले पार्टी सचिवालय बैठक डाकेको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बैठक बस्ने छ ।

एमाले केन्द्रीय समिति बैठक बैशाख २८ देखि ३० गतेसम्म बस्न लागेको छ । त्यसअघि सचिवालय र कार्यालय बैठक बोलाइएको हो । 

यसअघि झापामा हुने भनिएको केन्द्रीय समिति बैठक नक्कली शरणार्थी काण्डमा सचिव टोपबहादुर रायमाझी मुछिएपछि पार्टी मुख्यालय,ललितपुरमा सारिएको थियो । रायमाझी गत बुधबार रातिदेखि बुटवलबाट फरार छन् ।

टिप्पणीहरू