अर्को अडियो बाहिरियो,आरजु र मन्जुपछि मुछिए डा. शेखर र सुजाता
झण्डै एक हजार नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपन्चका का अरु पात्र पनि धमाधम चिनिन थालेका छन् । तत्कालीन गृहमन्त्री,उपप्रधानमन्त्री, गृहसचिव,गृहमन्त्रीका सुरक्षा सल्लाहकारदेखि उनीहरुका छोराहरुको नाम अहिलेसम्म बाहिर आएको छ । कतिपय पक्राउ परिसकेका छन् । गिरोहका अन्य पाँच जना यसअघि नै प्रहरी नियन्त्रणमा छन् ।
एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् । हिजो सार्वजनिक भएको एउटा अडियोमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजू राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको समेत रामै संलग्नता भएको देखिएको छ । भलै राणा र खाँणले उक्त खबर अफवाह मात्रै भएको बताएका छन् ।
यही सन्दर्भमा काँग्रेस नेता डा. शेखर कोइराला र पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाको समेत हात रहेको अर्को अडियो बाहिर आएको छ । हाल प्रहरी हिरासतमा रहेका दाङका सन्देश शर्माले उक्त जानकारी अडियोमार्फत दिएका हुन् ।
सन्देशसँग कुरा गर्ने अर्का व्यक्ति सोही काण्डका एक जना पीडित रहेको बताइएको छ । उनले आफ्नो पैसा फिर्ता गर्न वा आफूलाई अमेरिका पठाउन आग्रह गर्दै फोन गरेको समयमा भएको बातचितमा शेखर र सुजाताको नाम आएको हो । जबकि पीडकले गोपनीयता राख्न अनुरोध गरेको पनि सुनिन्छ । उक्त बातचित गत चुनावी माहौलमा गरिएको थियो ।
कुराकानीमा सन्देशले भनेका छन्,‘मेरो भर्खरै छलफल भएको छ । मौन अवधि छ । नेताहरू कोही बिजी छैनन् । शेखर कोइराला,सुजाता कोइराला,केशव दुलाल, म,सानु भण्डारी र मोरङको एसपीवीच दिउँसो छलफल भएको थियो ।
टिप्पणीहरू