श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण, विमानस्थल डेढ घण्टा बन्द

श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण, विमानस्थल डेढ घण्टा बन्द

श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । बिहान भैरहवाबाट काठमाडौं उडेको विमानको चक्का (गियर) भित्र नछिरेपछि पुनः भैरहवा फर्काएर आकस्मिक अवतरण गराइएको बताइएको छ । 

१० बजे उडेको विमान आधा घण्टापछि अवतरण गरेको हो । फोर्स ल्याण्डिङ गरिएको विमान धावनमार्गमा रोकिएपछि झण्डै एक घण्टा विमानस्थल र विमान सेवा अवरुद्ध भएको हो । आकस्मिक अवतरणको क्रममा यात्रु सबै सकुशल रहेको जानकारी दिइएको थियो । उक्त घटनाको प्राविधिक चेक जाँच र अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू