भारतीय राजदूतद्वारा कोशीमा शिलान्यास, कर्णालीमा उद्घाटन

भारतीय राजदूतद्वारा कोशीमा शिलान्यास, कर्णालीमा उद्घाटन

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव शनिबार पूर्वी नेपालमा र आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँ शनिबार हेलिकोप्टरमा गएर सोलुखुम्बुमा जल व्यवस्थापन परियोजनाको शिलान्यास गर्नुभएको हो । हिजो सुर्खेतमा विद्यालय भवन हस्तान्तरण गर्नुभएको बताइएको छ ।  

राजदूत श्रीवास्तवले सुर्खेतमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उद्घाटन गर्नुभएको हो । भारतीय सहयोगमा निर्मित विद्यालय भवनको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलसँगै संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 

यसअघि शनिबार सोलुखुम्बुको खुम्जुङमा जल व्यवस्थापन परियोजनाको शिलान्यास गर्नुभएको थियो । सोलुखुम्बुमा भारतीय दूतावासको सहयोगमा निर्माण भएका विभिन्न परियोजनामध्ये त्यो पनि एक हो । सोही क्रममा उहाँले महाकुलुङ नगरपालिकामा बनाइने ध्यान केन्द्रको पनि शिलान्यास गर्नुभएको भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

टिप्पणीहरू